रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की ल्याइने

पाेखरा | कात्तिक २, २०८१

रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की ल्याइने

पोखरा:    पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउपछि कास्की ल्याइने भएको छ । 


नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी भएको अवस्थामा प्रहरीले थप कानुनी प्रकृया अगाडि बढाएको जानकारी दिनुभयो । 


“कास्की अदालतको मुद्दा भएकाले पक्राउपछि सोही अनुसार प्रहरीले कामकारबाही अगाडि बढाउँछ”, उहाँले भन्नुभयो । 


लामिछानेलाई प्रहरीले कतिबेला पक्राउ गर्छ भन्ने विषयमा भने प्रवक्ता कार्कीले केही खुलाउन चाहानु भएन । कास्की जिल्ला अदालतले आजै लामिछानेमाथि सहकारीको रकम अपचलमा संलग्न भएको आरोपमा  अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । 


सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ 

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।   महासंघ प्रेस तथा अभिव्यक्ति स्...

थप पढ्नुहोस्

पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् ।   पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

थप पढ्नुहोस्